बागमती सरकारबाट बाहिरियो एमाले, मन्त्रीहरुले बुझाए सामुहिक राजीनामा

नवयुग संवाददाता
२०८१, २५ असार सोमबार ११:४८

Advertisement

मकवानपुर ।  बागमती सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।

Advertisement

एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै (आज) सोमबार मन्त्रीहरुले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामुहिक राजीनामा बुझाइ सरकारबाट बाहिरिएका हुन् ।

Advertisement

आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, खानेपानी उर्जा तथा सिँचाई मन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री प्रकाश श्रेष्ठ र वन तथा वातावरण मन्त्री केशव पोखरेलले सामुहिक राजीनामा बुझाएका छन् ।

Advertisement

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री जम्कट्टेल

सङ्घमा सत्ता समीकरणमा भएको परिवर्तनको प्रत्यक्ष प्रभाव परेको बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा नदिने भएका छन् ।

सङ्घमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने तयारी गर्दै गर्दा बागमतीमा पनि मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिई विश्वासको मत लिने तयारी गरेका हुन् ।

योसँगै माओवादी केन्द्र संसदीय दलका नेता मुख्यमन्त्री जम्कट्टेलले चौथो पटक विश्वासको मत लिने भएका छन् ।

एमाले सरकारबाट बाहिरिँदा बागमतीमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*