नगरमै पहिलो पटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै ८ नम्बर वडा

नवयुग संवाददाता
२०८१, २५ असार सोमबार १५:११

Advertisement

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ नगरमै पहिलोपटक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुनेभएको छ ।

Advertisement

सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दे आउँदो असार २९ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिन लागिएको वडाकी सहजकर्ता रोजिता दंगालले जानकारी दिईन् ।

Advertisement

वडालाई बालमैत्री घोषणा गर्नका निम्ति पूरा गर्नुपर्ने ५१ वटा सुचकहरु पुरा गरिसकेको उनले बताईन् ।

Advertisement

आर्थिक वर्ष २०८०/८१ मा यस वडामा ८ र अन्य स्थानबाट ४ गरि १२ जना बालश्रमिकहरुको उद्धार गरिएको छ, भने ४ वेपत्ता बालबालिकाको उद्धार र ३ वटा बालबिवाह रद्ध गरिएको सहजकर्ता दंगालले बताईन् ।

कार्यक्रममा वडाका अध्यक्ष राम थापाले बालमैत्री वडा घोषणालाई दिगो रुपमा लैजान आफुहरु सधैं लागिपर्ने बताए ।

वडाभित्र १९ वटा टोलविकास संस्था र २१ वटा बालसमूह रहेको उनले बताए ।

यसअघि गत फाल्गुन २२ गते वडा नम्बर–८ मा रहेको श्री चन्द्रोदय मा.वि बालमैत्री विद्यालय घोषणा भईसकेको छ ।

त्यस्तै हेटौंडा–२ स्थित बालजागृति इङ्लिस सेकेण्डरी स्कुल, हेटौंडा–१६ स्थित जनप्रिय मा.वि, र हेटौंडा–१ स्थित अमर माध्यामिक विद्यालय बालमैत्री विद्यालय घोषणा भईसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*