विपद व्यवस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न

नवयुग संवाददाता
२०८१, २५ असार सोमबार १७:३२

Advertisement

मकवानपुर । नेकपा एमाले मकवानपुर अन्तर्गत जिल्ला विपद व्यवस्थापन तथा स्वयं सेवा विभागको आयोजनामा विपद व्यवस्थापन तथा प्राथमिक उपचार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

Advertisement

नेकपा एमाले मकवानपुरले प्राकृतिक प्रकोप तथा अन्य विपद प्रतिकार्यमा उद्दार, राहत तथा पुनस्थापनाको काममा स्वयंसेवकीय भुमिका निर्वाह गर्न स्वयं सेवक टोलि तयार गरेको हो ।

Advertisement

नेकपा एमालेका विभिन्न जनवर्गीय संगठन तथा पार्टी कमिटीका ५० जना स्वयं सेवकलाई तालिम प्रदान गरिएको नेकपा एमाले मकवानपुर जिल्ला विपद व्यवस्थापन तथा स्वयमसेवा विभागका प्रमुख शिबहरि दाहालले जानकारी दिनुभयो ।

Advertisement

विभागका प्रमुख शिबहरि दाहालको अध्यक्षता एवं नेकपा एमाले केन्द्रिय निर्वाचन आयोगका सदस्य एवं संबिधानसभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्यहरु रामचन्द्र राइ, नवराज तिमल्सिना, नेकपा एमाले जिल्ला अध्यक्ष श्रीधर पोखरेल, सचिब सीता बिष्ट, जिल्ला सदस्यहरू सुमित्रा पाण्डे, सन्तोष पौडेल, मिलन पाठक,आकाश अधिकारी, दिलु घर्ती, किताप सि.लामा, लेखा आयोगका उपाध्यक्ष नितेश लामिछाने, नगर सचिवालय सदस्य कवि रेग्मी तथा सुरेश बेरोजगार लगायतको उपस्थितिरहेको थियो ।

प्रमुख दाहालले जिल्लामा बाढि, पहिरो, डुवान,आगलागी, हुरि बतास लगायतको प्राकृतिक प्रकोप तथा अन्य विपदमा स्थानीय प्रशासन एवं स्थानीय सरकारसङ्ग समन्वय एवं सहकार्य गरेर स्वयं सेवक परिचालन गर्ने बताउनुभयो ।
तालिमलाइ लक्ष्मण भट्टराई तथा रामजी खतिवडाले सहजिकरण गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*