ग्रेडवृद्धि परीक्षा दिनेलाई निःशुल्क कक्षा सञ्चालन गर्दै हेटौंडा उपमहानगरपालिका

नवयुग संवाददाता
२०८१, २७ असार बुधबार १४:१६

Advertisement

मकवानपुर । एसईई ग्रेडवृद्धि परीक्षा दिने विद्यार्थीका लागि हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले निःशुल्क कक्षा सञ्चालन गर्ने भएको छ ।

Advertisement

हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विद्यालयबाट माध्यमिक शिक्षा परीक्षामा एनजी ल्याएका विद्यार्थीका लागि साउन २ गतेदेखि २० गतेसम्म निःशुल्क कक्षा सञ्चालन हुने महाशाखाले (हिजो) मंगलबार जारी गरेको सुचनामा उल्लेख छ ।

Advertisement

विद्यार्थीलाई लक्षित गर्दै उपमहानगरपालिकाले मौका परीक्षाको तयारीका लागि ५ वटा सामुदायिक विद्यालयमा बिहान ६ः०० देखि १२ः०० सम्म अनिवार्य विषयको कक्षा सञ्चालन गर्नेछ ।

Advertisement

हेटौंडा–३ को महेन्द्रकिरण माध्यमिक विद्यालय, हेटौंडा–४ को भूटनदेवी माध्यमिक विद्यालय, हेटौंडा–९ को प्रगति माध्यमिक विद्यालय, हेटौंडा–१३ को महेन्द्र माध्यमिक विद्यालय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालयमा कक्षा सञ्चालन हुनेछन् ।

निःशुल्क कक्षामा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले ५ वटा विद्यालयमध्ये एउटामा रोजेर सहभागी हुन पाउनेछन् । हेटौंडा उपमहानगरपालिकामा करिब एक हजार ५ सय जना विद्यार्थीको नतिजा एनजी आएको थियो । ग्रेडवृद्धि परीक्षा साउन २३ गतेबाट सञ्चालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*