रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा २ जनाको ज्यान गयाे

नवयुग संवाददाता
२०८१, २९ असार शुक्रबार १५:२२

Advertisement

काठमाडौं ।  रौतहटमा जन्ती बोकेको जीप नहरमा पल्टिँदा दुई जनाको ज्यान गएको छ ।

Advertisement

रौतहटको गढीमाई नगरपालिका–६ सिङगारमनको भित्रि सडक खण्ड धर्मपुर नहरमा धनहरीबाट सर्लाहीतर्फ जन्ती बोकेर जाँदै गरेको भारतीय नम्बरको जीप नहरमा पल्टिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरूमा काठमाण्डौ घर भएका ५५ वर्षका कुलबहादुर श्रेष्ठ, सर्लाहीको चक्रघट्टा गाउँपालिका–३ सुन्दरपुरका रविन्द्र पण्डितकी छोरी ७ वर्षीया श्वेता रहेका उहाँले जानकारी दिनुभयो ।

Advertisement

घाइते भएका सुन्दरपुरकै २५ वर्षका अमलेश ठाकुरको गौरमा उपचार भइरहेको छ । जीपमा १२ जना रहेकामा अरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*