कर्णालीमा कांग्रेसका चार मन्त्रीको सपथ आज

नवयुग संवाददाता
२०८१, २० श्रावण आईतवार १०:४७

Advertisement

सुर्खेत । कर्णाली प्रदेश सरकारमा कांग्रेसका चार जना मन्त्रीले आज पद तथा गोपनीयताको सपथ गर्दैछन्।

Advertisement

मन्त्रीको सपथ दिउँसो १ बजे तय गरिएको कर्णाली प्रदेश कांग्रेस प्रमुख सचेतक हिक्मतबहादुर विष्टले जानकारी दिए।

Advertisement

माओवादी कर्णाली सरकारबाट बाहिरिएपछि खाली भएका मन्त्रालयमा नेपाली कांग्रेसले आफ्ना चार जना सांसदको नाम सिफारीस गरेको छ। नेकपा माओवादीले साउन ७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरीएको थियो।

Advertisement

नेकपा एमालेको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेसले आर्थिक मामीला तथा योजना मन्त्रलायमा जाजरकोटका राजिवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा दैलेखका घनश्याम भण्डारी, पर्यटन उद्योग वन तथा वातावरण मान्त्रालयमा सल्यानका सुरेश अधिकारी र जलस्रोत तथा उर्जा मान्त्रलायका लागि हुम्लाका विजया बुढालाई सिफारीस गरिसकेको छ।

मन्त्रीहरुले सपथ लिएसँगै सोमबार प्रदेश सभाबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने विषयमा पनि छलफल भएको सत्ता साझेदार दुवै दल कांग्रेस र एमालेले जनाएको छ।

मन्त्रीहरुको सपथपछि सरकारले विश्वासको मत लिने त्यसपछि कार्य दल बनाएर केही मन्त्रलायका योजना तथा कार्यक्रम लैजानेगरी मन्त्रालयको पुर्नसंरचना गर्ने सहमति बनेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*