बागलुङको बडिगाड पहिरोबाट ५० घरपरिवार विस्थापित

नवयुग संवाददाता
२०८१, २७ श्रावण आईतवार १०:१६

Advertisement

बागलुङ – पहिरोका कारण बागलुङको बडिगाडमा ५० घपरिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा १० को आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । गएको मंगलवार खसेको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ भने एक जनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

Advertisement

पहिरोबाट विस्थापित परिवार समस्यामा परेका छन् । खानेपानी र विद्युतको आपूर्ति पनि सहज भइसकेको छैन । स्थानीयबासिन्दा भीमबहादुर बुढाले गाउँका धेरै घर पहिरोको जोखिममा रहेको र बस्ती छाडेर अन्तै जानुपरेको गुनासो गर्नुभयो । विस्थापित परिवारलाई विद्यालय तथा सार्वजनिक ठाउँमा व्यवस्थापन गरिरहेको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले जानकारी दिनुभयो ।

Advertisement

गाउँपालिकाले प्रारम्भिक चरणको राहत वितरण गरिरहेको उहाँले बताउनुभयो । पालिकाले खाद्यान्न र त्रिपाललगायत अतिआवश्यक सामग्री उपलब्ध गराएको र दीर्घकालीन व्यवस्थापनका लागि माथिल्लो निकायसँग छलफल गरिरहेको उहाँले बताउनुभयो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*