हेटौंडामा पहिलो पटक लाइभ सेलो साँझ हुँदै
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा लाईभ सेलो साँझ हुने भएको छ ।
आगामी असोज १९ गते हेटौंडा– २ स्थित पल्पसा सदनमा नेपालमै ऐतिहासिक रुपमा लाईभ सेलो साँझ हुने भएको हो । आईतबार ओपेराईन्फोटेन्ट सिने प्रा.लिले पत्रकार सम्मेलनको आयोजना गर्दै लाईभ सेलो हुने सन्दर्भमा जानकारी दिएको हो ।
‘एक तामाङ घर एक डम्फु’ भन्ने मुल नारा सहित मौलिक कला संस्कृति , गित संगित र बाजाको संरक्षण तथा प्रर्वद्धन गर्ने उद्देश्यले ओपेराईन्फोटेन्टका प्रोफाईटर विक्रम लुङ्बाको संयोजकत्व र नेपाल तामाङ घेदुङ मकवानपुरको समन्वयमा कार्यक्रम हुन लागेको आयोजकले बताएका छन् ।
तामाङ सेलो जगतको प्रख्यात गायक मकवानपुरका प्रकाश तामाङ तितुङ र प्रख्यात गायिका सुमिना लोको गायन प्रस्तुति रहने कार्यक्रमका संयोजक विक्रम लुङ्बाले बताए ।
साथै स्थानिय कलाकारहरुको प्रस्तुति रहनुका साथै नृत्य प्रदर्शन समेत रहने उनले बताए । तामाङ कलाकार प्रोत्साहन गर्नुका साथै तामाङ मौलिक गित , संगित र बाजा बारे जागरण ल्याउले र तामाङ समुदायको संस्कार , कला , भेषभुषा र भाषाको संरक्षण गर्ने कार्यक्रमको उद्देश्य रहेको लुङ्बाले बताए ।