करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु

नवयुग संवाददाता
२०८१, ८ आश्विन मंगलवार १०:४३

Advertisement

बरहथवा। सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।

Advertisement

स्थानीय सुदिश चौधरीका दुई वर्षीय छोरा आयुषकुमार चौधरीको करेन्ट लागेर मृत्यु भएको हो। घरमै खेल्ने क्रममा विजुलीको प्लगमा औँला हालेका आयुषको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

Advertisement

करेन्ट लागेर अचेत बनेका बालकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*