बागमती प्रदेश सरकारले विपद्मा परी ज्यान गुमाएका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैँया राहत दिने

नवयुग संवाददाता
२०८१, १४ आश्विन सोमबार १७:२४

Advertisement

मकवानपुर । बागमती प्रदेश सरकारले विपद्मा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैँया राहत दिने भएको छ ।

Advertisement

सोमबार बसेको बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् कार्यकारी समितिको बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुको परिवारमा राहतस्वरुप एक लाख रुपैँया दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताए ।

Advertisement

गत विहिबारदेखि परेको अविरल वर्षाले निम्त्याएको विपद्ले प्रदेशको १३ वटै जिल्लाहरुमा पुर्याएको मानविय र भौतिक क्षतिलाई केहि हदसम्म व्यवस्थापन गर्नका निम्ति वैठकले अन्य विभिन्न निर्णयहरु गरेको छ ।

Advertisement

जसमा, बागमती प्रदेश अन्तरगतका जिल्ला प्रशासन कार्यालयहरुले सम्बन्धित जिल्लाका स्थानीय तहहरु तथा जिल्लास्थित कार्यालयहरु सँगको समन्वयमा विपद्बाट भएको मानबीय, पशुचौपया तथा कृषिबाली, घरगोठको क्षति, उद्योग व्यवसायहरु सार्बजनिक सम्पत्ति (सडक, पुल, विधुतगृह, स्वा्थ्य चौकी, विद्यालय, सरकारी कार्यालय) तथा प्रभावित परिवार लगायतको संरचनाहरुको क्षतिको अधावधिक विवरण संकलन गरि प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रमा पठाउन अनुरोध गर्ने भएको छ ।

राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको हालसम्मको तथ्याकं अनुसार विपद्बाट बढि क्षति भएको देखिएका काभ्रेपलाञ्चोक जिल्लालाई साठी लाख, धादिड जिल्लालाई पचास लाख, ललितपूर जिल्लालाई तीस लाख, काठमाडौं जिल्लालाई बीस लाख, सिन्धुपाल्चोक जिल्लालाई बीस लाख, र दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, भक्तपुर जिल्लाहरुलाई दश/दश लाखका दरले राहत वितरण गर्नें प्रयोजनका लागि प्रदेश विपद व्यवस्थापन कोषबाट जिल्ला विपद् व्यवस्थापन कोषमा कुल रू. दुई करोड तीस लाख रकम प्रदान गर्ने र जिल्ला प्रशासन कार्यालयहरुबाट थप रकम माग भईं आएको सम्बन्धमा तत्काल आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराई कार्यकारी समितिबाट अनुमोदन गर्ने भएको छ ।

प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि, २०८० को दफा ३ को (ख) बमोजिम खोज उद्वार तथा प्रतिकार्य सम्बन्धि कार्य गर्नका लांगि कार्यविधिको दफा ५ को उपदफा १ बमोजिम बागमती प्रदेशका १३ वटा जिल्ला विपद् व्यवस्थापन कोषमा पाँच/पाँच लाखका दरले प्रदेश विपद व्यवस्थापन कोषबाट कुल पैसठी लाख रकम उपलब्ध गराउने भएको छ ।

प्रदेश राजमार्ग अन्तररात रहेका अवरुद्ध सडक तत्काल सचारु गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने , सडक सूचार गर्नका लागि आवश्यक पर्ने बजेटका सम्बन्धमा लागत ईस्टिमेट लगायतका आवश्यक विबरण सहित आर्थिक मामिला तथा योजना मन्त्रालयमा पेश गर्ने, विपद्बाट क्षति भएका कृषिवाली तथा पशुचौपायाको तथ्याकं संकलन गरि आवश्यक राहतको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मिलाउने,बागमती प्रदेश भित्र रहेका विद्यालयहरुको क्षतिको अवस्था संकलन गरि सामाजिक विकास मन्त्रालयले तत्काल मर्मत सम्भार र्गुपर्ने भए सोको कार्य प्रारम्भ गर्ने, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयले खानेपानीको पहुँचबाट प्रभावित परिवारको तथ्याकं संकलन गरि आवश्यकताअनुसार खानेपानी उपलब्ध गराउने जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयले विपद्का कारण घाईते व्यक्तिहरुको शीघ्र निःशुल्क उपचारका लागि चिकित्सकिय टोली तथा आवश्यक औषधी तथा उपकरणको व्यवस्थापन गर्ने , बिपद्बाट प्रभाबित परिवारका लागि खाद्यान्न लगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा उद्योग, वाणिज्य भूमी तथा प्रशासन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने, वन तथा वातावरण मन्त्रालयले जोखिमयुक्त जलाधार र बस्तीको क्षति संकलन गरि सोको संरक्षणका लागि आवश्यक कार्य गर्ने भएको छ ।

बागमती प्रदेश भित्रका अवरुद्ध संघीय राजमार्ग( सडक) हरु यथाशीघ्र मिलाईदिन भौतिक पू्वाधार विकास मन्त्रालय मार्फत नेपाल सरकारको यातायात मन्त्रालयलाई अनुरोध गर्ने र विपद्का कारण विस्थापित घरपरिवारलाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था मिलाउन स्थानीय तहलाई अनुरोध गर्ने लगायतका निर्णयहरु भएका छन् ।

गत असोज १२ गते आएको बाढि, पहिरोमा परी हालसम्म विपद्मा परी सबैभन्दा बढी काभ्रेपलान्चोकमा ५० जनाले ज्यान गुमाएका छन्। अझै १० जना बेपत्ता रहेका छन्। धादिङमा ३९ जनाले ज्यान गुमाएका छन्। ललितपुरमा ३३, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा १०, मकवानपुर र दोलखामा ७/७ जनाको मृत्यु भएको छ।

त्यस्तै भक्तपुरमा ५, सिन्धुलीमा २, रामेछापमा १ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*