हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ र हेटाैँडा–पालुङ–नौबिसे सडकमा गाडी चल्न थाले

नवयुग संवाददाता
२०८१, १८ आश्विन शुक्रबार १४:३२

Advertisement

मकवानपुर | त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ खण्डमा आज बिहानदेखि गाडी चल्न थालेका छन् ।

Advertisement

यसअघि जल तथा मौसम विज्ञान विभागले ठूलो वर्षा हुनसक्ने सूचना निकालेपछि आज बिहानसम्म स्थानीय प्रशासनले यो सडकमा गाडी चलाउन रोक लगाएको थियो । मकवानपुर जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता ठाकुरप्रसाद सापकोटाका अनुसार सडकमा कुनै किसिमको अवरोध नरहेकाले आज बिहानदेखि गाडी चल्न चालेका हुन् । हेटौँडा–पालुङ–नौबिसे सडक खण्डमा हलुका गाडी सञ्चालन भएका हुन् ।

Advertisement

यसैबीच बाढी पहिराेका कारण अवरुद्ध सबै सडक सञ्चालन गर्न सडक विभाग, सुरक्षाकर्मी तथा बाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको प्राविधिक टोलीले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो ।

Advertisement

हेटौँडा–काठमाण्डाै जोड्ने सडकअन्तर्गत हेटौँडा–भैँसे–रातोमाटे खण्डको गोल्पिङबेँसीमा ठुल्ठूला ढुङ्गासहित खसेको पहिरो पन्छाउन चार वटा मेशिन प्रयोग गरेर काम भइरहेको छ । सडक विभाग र सुरक्षाकर्मीको टोलीले भीमफेदी गाउँपालिका–६ देउरालीबाट इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलासम्मको पहिरो पन्छाइसकेको र इन्द्रसरोवर गाउँपालिका–२ मा बाढीले बगाएको कुलेखानी पुलको निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

दक्षिणकाली–फर्पिङ सडकअन्तर्गत महालक्ष्मी खोलादेखि पाकेलसम्म र पाकेलदेखि फर्पिङसम्मका केही भागमा खसेको पहिरो पन्छाउन दुई वटा मेशिन चलाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*