मेरो कार्यकालभित्रै काठमाडौं उपत्यकामा खानेपानीको समस्या समाधान गर्छु : मन्त्री यादव

नवयुग संवाददाता
२०८१, १२ कार्तिक सोमबार १७:१९

Advertisement

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले आफ्नो कार्यकालभित्रै काठमाण्डौ उपत्यकामा पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

Advertisement

हिजो काठमाण्डौमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले काठमाण्डौ उपत्यकामा अहिले ५१ करोड लिटर पानीको माग रहेको र भविष्यलाई पनि मध्यनजर गरी पानीको समस्या समाधान गर्न आफू लागिपरेको बताउनुभयो । उहाँले तत्काल २५ करोड ५० लाख लिटर क्षमता भएको प्लान्ट बनाउन सुन्दरीजलमा टेन्डरका लागि प्रक्रिया अघि बढेको जानकारी गराउनुभयो ।

Advertisement

शिवपुरी राष्ट्रिय निकुञ्जका सानातिना मुहानमा केही रकम खर्च गरेर पानी काठमाण्डौ पथान्तरण गर्ने व्यवस्थामा पनि मन्त्रालय लागेको उहाँले उल्लेख गर्नुभयो । खानेपानीमन्त्री यादवले काठमाण्डौवासीलाई १२ महिना नै पानी खुवाउने गरी मन्त्रालयले काम गरिरहेको दाबी गर्नुभयो ।

Advertisement

उहाँले प्राविधिक समस्याका कारण मन्त्रालयलाई केही समस्या परेकाले नीति, नियमहरू संशोधन गरी अघि बढिरहेको बताउनुभयो । सिस्नेरीबाट पानी निकट भविष्यमै काठमाण्डौ ल्याउने तयारी भइरहेको पनि मन्त्री यादवको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*