हेटौंडामा लागुऔषधसहित पाण्डे पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध ट्रामाडोलसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा २३ वर्षीय शिव शंकर पाण्डे रहेको प्रहरीले जनाएको छ ।
(हिजो) मंगलबार राति १० बजेको समयमा इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलिले हेटौंडा–९, लामसुरे हाईटबाट रौतहटको देवाही गोनाह नगरपालिका– २ घर भई लामसुरे बस्ने २३ वर्षीय शिव शंकर पाण्डेलाई पक्राउ गरेको हो ।
प्रहरीले शंका लागि सुरक्षा जाँच गर्दा पाण्डेको साथबाट लागुऔषध ट्रामाडोल बरामद गरेको थियो । प्रहरीले पाण्डेको साथबाट लागुऔषध ट्रामाडोल ७ पत्ता ७० क्यापसुल फेला परेको थियो ।
लागुऔषध ट्रामाडोलसहित पाण्डेलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जना एको छ ।