सरकारी स्वामित्वका दुई वटा सिमेन्ट उद्याेग बिजुलीको बक्यौता महसूल तिर्न तयार

नवयुग संवाददाता
२०८१, १४ कार्तिक बुधबार १२:४९

Advertisement

काठमाडौं । सरकारी स्वामित्वका दुई सिमेन्ट उद्योग हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट ट्रङ्क तथा डेडिकेटेड फिडरको बक्यौता महसूल तिर्न तयार भएका छन् । दुवै कम्पनीले नेपाल विद्युत् प्राधिकरणले निर्धारण गरेको प्रिमियम महसूलको बक्यौता किस्ताबन्दीमा तिर्न निवेदन दिएका हुन् ।

Advertisement

हेटौँडा सिमेन्टको ३३ करोड ८० लाख ८६ हजार र उदयपुर सिमेन्टको ४४ करोड ७४ हजार रुपैयाँ बक्यौता छ । उदयपुर सिमेन्टले सम्पूर्ण बक्यौता २८ किस्ताको सुविधाअनुसार पहिलो किस्ता तिरेको छ ।

Advertisement

त्यस्तै हेटौँडा सिमेन्ट उद्योगले प्रक्रिया अघि बढाएको छ । यी उद्योगको प्राधिकरणले लाइन काटेको थिएन । यसैबीच ४९ वटा उद्योगले प्रिमियमबापतको महसूल नतिरेकोमा पछिल्लो पटक १३ उद्योगले महसूल तिरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगले तिर्नुपर्ने रकमसहितको सार्वजनिक सूचना निकालेर महसूल तिर्न आग्रह गरेको थियो ।

तोकिएको १५ दिनको अवधिमा कुनै पनि उद्योगले महसूल नतिरेपछि प्राधिकरणले गएको ८ गते लाइन काटेको थियो । त्यस दिन ३४ उद्योगको लाइन काटिएको थियो । उद्योगले महसूल भुक्तान गर्न आए तिहारको सार्वजनिक बिदामा समेत बक्यौता लिने र विद्युत् लाइन जोड्ने प्राधिकरणले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*