मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटीको आयोजनामा टि-१० क्रीकेट प्रतियोगिता हुँदै
मकवानपुर । हेटौंडामा मङ्सिर १२ गते देखि मङ्सिर १५ गते सम्म टि-१० क्रीकेट प्रतियोगिता हुने भएको छ ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठन जिल्ला कमिटी मकवानपुरको आयोजनमा हेटौंडा-४ स्थित हुप्रचौरमा प्रतियोगिता हुने भएको आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
प्रतियोगितामा बागमती र मधेस प्रदेशका गरि १६ वटा टिमको सहभागिता रहने खेलका सह-सम्योजक प्रमोद मानन्धरले बताए ।
प्रत्येक समूहमा १५ जना खेलाडीहरु सहभागी हुनेछन भने खेल नकआउटको आधारमा हुनेछ।
६ लाख रुपैयाँको लागतमा सम्पन्न हुने खेलमा विजेताले १ लाख नगद र उपविजेताले ५० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ्न ।
साथै प्रतियोगितामा बेस्ट ब्याट्स म्यान, बेस्ट बलर, प्लेयर अफ दि म्याच र प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिनेछ ।
कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद सङ्गठन बागमती प्रदेशका अध्यक्ष महम्मद समिमले इत्तेहाद समुदायका युवाहरुलाई सम्भावित कुलत बाट छुटाउन र समाजमा भातृत्व सम्बन्ध कायम राख्न यस प्रतियोगिताले विशेष भुमिका निभाउने बताए ।