विदेशी मुद्रासहित हेटौंडाबाट तीन भारतीय नागरिक पक्राउ

नवयुग संवाददाता
२०८१, १० मंसिर सोमबार ११:४९

Advertisement

मकवानपुर । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चौकीटोलबाट प्रहरीले आइतबार अवैध विदेशी मुद्रासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेहरुमा देश भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने ४० वर्षीय बिजय सिंग कुशवाह, उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने २६ वर्षीय प्रशान्त पाठक र राजस्थान चितोरगढ बस्ने ३२ वर्षीय राहुल कुमार माण्डावत रहेका छन् ।

Advertisement

उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्कासहितको टोलीले पक्राउ गरेको हो ।

Advertisement

प्रहरी उपरीक्षक खड्काका अनुसार, आइतबार साँझ पौने ९ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०७६५ नम्वरको इभी माइक्रो बसलाई रोकी चेकजाँच गरिएको थियो ।

सो क्रममा बिजय सिंग कुशवाहको साथबाट अमेरिकन डलर १२ हजार, प्रशान्त पाठकको साथबाट युरो १४ हजार र राहुल कुमार माण्डावतको साथबाट अमेरिकन डलर २० हजार बरामद भएपनि निजहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

बरामद उक्त मुद्रा आजको बजार अनुसार नेपाली रुपैयाँ १३५.०१६ का दरले अमेरिकन डलर ३२ हजारको नेपालीमा रुपान्तरण गर्दा ४३ लाख ३० हजार ५ सय १५ रुपैयाँ र युरो नेपाली रुपैयाँ १४०.६८ कबा दरले १४ हजारको नेपालीमा रुपान्तरण गर्दा १९ लाख ६९ हजार ५ सय १५ रुपैयाँ पर्न जाने प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

पक्राउ परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*