इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

नवयुग संवाददाता
२०८१, १२ मंसिर बुधबार ११:३३

Advertisement

काठमाडौं । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ ।

Advertisement

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गर्नुभएको बीबीसीले जनाएको छ ।

Advertisement

इजरायलले सन् २०२३ अक्टोबर ७ मा हमासले आक्रमण गरेपछि गाजासँगै लेबनानमा पनि तनाब उत्पन्न भएको थियो । तर गएराति इजरायली सुरक्षा क्याबिनेटले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेसँगै युद्धविराम तत्कालै कार्यान्वयनमा आउने भएको हो ।

Advertisement

सहमतिअनुसार इजरायली सेना दक्षिणी लेबनानबाट फिर्ता हुने छ । यसैगरी हिजबुल्लाले पनि लितानी नदीको दक्षिणी सीमाबाट आफ्ना सशस्त्र समूहलाई फिर्ता गर्नेछ ।

यसैबीच युद्धविराम सम्झौताको हिज्बुल्लाहले उल्लङ्घन गरेमा आक्रमण गर्ने अधिकार इजरायललाई रहेको भन्दै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले चेतावनी दिनुभएको खबरमा उल्लेख छ ।

यो युद्धविराम सम्झौता अमेरिका र फ्रान्सको मध्यस्थतामा भएको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडनले गाजा युद्धमा पनि युद्धविरामका लागि फेरि एकपटक पहल गर्ने आश्वासन दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*