नयाँ सन्देश दिँदै हेटौंडा १९ बालमैत्री घोषणा

नवयुग संवाददाता
२०८१, १४ मंसिर शुक्रबार १८:५३

Advertisement

मकवानपुर । ग्रामिण भेगको कच्चिबाटो हुँदै कार्यक्रम स्थल पुग्ने चुवानी सभा भन्दा अन्य कमै देखिन्छ । डाँडापाखा चेड्दै जाने औपचारीक कार्यक्रम पुग्ने कुरा आम मानिसको सोच भन्दा बाहिरकै कुरा हो ।

Advertisement

संघ/सस्था वा सरकारी निकायका औपचारीक कार्यक्रम शहर केन्द्रीत भैरहेको समयमा हेटौंडा उपमहानगरपालिका–१९ नम्बर वडाले नगरमा नयाँ सन्देश दिएको छ । उपमहानगरका अन्य वडाहरु भन्दा ग्रामिण भूभाग बढि समेटिएको हेटौंडा १९ ले सुक्रबार औपचारी कार्यक्रम ग्रामिण भेगमा गर्दै नगरमा नयाँ सन्देशको प्रवाह गरेको हो । वडा कार्यालयबाट करिब १ घण्टाको दुरीमा रहेको ज्यामिरेको शेरशेरमा बालमैत्री वडा घोषणा गर्दै अन्य ८ वडाले गरेको भन्दा फरक सन्देश दिएको हो ।

Advertisement

शुक्रबार हेटौंडा उपमानगरपालिका–१९ नम्बर नवौं निकृष्ट बालश्रम मुक्त, बाल बिबाह मुक्त तथा स्थानिय शासनयुक्त वडा घोषणा गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले वडालाई बालमैत्री वडा घोषणा गरेकी हुन् । बालमैत्री वडा घोषणा गर्दै नगर प्रमुख लामाले वडाको आधा भन्दा बढि भूभाग ग्रामीण क्षेत्रमा परेपनि कार्यक्रमलाई ग्रामिण भेग सम्म ल्याएर गर्नु महत्वपुर्ण भएको बताइन् ।

Advertisement

उनले घोषणा मात्र प्रमुख नभएको भन्दै यस्को कार्यान्वयन महत्वपुर्ण भएको बताइन् । घोषणा भएको कार्यलाई निरन्तर रुपमा अघि बढाउनु प्रमुख जिम्मेवारी रहेको उनको भनाई थियो । ग्रामिणमा भएपनि उत्साहका साथ कार्यक्रममा भएको सहभागिताले बिषयप्रतिको गम्भिरतालाई स्थानियले बुझेको महशुस आफुलाई भएको उनले बताइन् ।
उनले बिकटतालाई बिस्तारै चिर्दै जानकालागि उपमहानगरले सन्तुलित बिकासको अबधारण अघि सारेको बताइन् । उनले ग्रामिण क्षेत्रमै रहेका काम गर्न खोज्नेका लागि उपमहानगरले सहयोग गर्ने बताइन् । कामका योजना बनाएर अघि बढ्न सुझाब दिइन् ।

हेटौंडा १९ का अध्यक्ष नरनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकिय अघिकृत सुर्यप्रसाद गौतम, उपमहानगरका प्रवक्ता एव्म १ नम्बर वडाका अध्यक्ष सबिन न्यौपाने, उपमहानगरपालिकाका बिभिन्न वडाका अध्यक्षहरु, सामाजिक संघ÷सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

लामा गुरुहरुले गरे प्रतिबद्धता

वडालाई बालमैत्री घोषणा गरेसँगै जनजातीहरुको बाहुल्यता रहेको हेटौंडा–१९ शेरशेर ज्यामिरे क्षेत्रका लामा गुरुहरुले बालबिवहमा सहभागि नहुने प्रतिबद्धता जनाएका छन् । वडा बालश्रम र बिवाह मुक्त घोषणा भएको छ अब गाउँमा हुने कुनैपनि बालबिवाहको कार्यक्रममा सहभागि नहुँने प्रतिबद्धता जनाएका हुन् ।

बालमैत्री घोषणामा बौद्ध धर्मको बिधी अनुसार पुजा गर्दै स्थानिय लामा तथा पोन्बो समुहले २० बर्ष मुनीका बालबालिका बिच हुने बैवाहिक कार्यक्रममा सहभागिता जनाउने प्रतिबद्धता जनाएका थिए । पहिला गाउँका कार्यक्रम भनेर पुजा आजा तथा बैवाहिक कार्यक्रममा सहभागिता जनाए पनि अब बालमैत्री घोषणालाई असहज हुने कुनैपनि बैवाहि कार्यमा सहभागि नहुने यहाँ रहेका गुम्बा र झाँग्री बिच सहमति भएको ध्यूमिग्य छोलिङ गुम्वाका दोर्जे लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*