प्रेस चौतारीद्वारा पत्रकार महासंघमा तालाबन्दी

नवयुग संवाददाता
२०८१, १८ मंसिर मंगलवार १३:४८

Advertisement

मकवानपुर । नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला समिति र बागमती प्रदेश समितिको कार्यालयमा फेरि तालाबन्दी भएको छ ।

Advertisement

मंगलबार सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणमा असहमति जनाउदै प्रेस चौतारी नेपाल मकवानपुर जिल्ला शाखाले हेटौंडास्थित महासंघको जिल्ला समिति र प्रदेश समितिको कार्यालयमा तालाबन्दी गरेको हो ।

Advertisement

प्रेस चौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा पत्रकारको चौतारी समूहले महासंघको जिल्ला र प्रदेश कार्यालयमा मंगलबार बिहान तालाबन्दी गरेका हुन् ।

Advertisement

गलत मनसाय राखेर क्रियाशील पत्रकारलाई महासंघबाट बाहिर पठाउने कार्य भएको भन्दै प्रेस चौतारी मकवानपुरले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

तालाबन्दीसँगै नेपाल पत्रकार महासंघ जिल्ला, प्रदेश र संघीय समितिलाई सम्बोधन गरेर प्रेस चौतारी मकवानपुरले ध्यानाकर्षणपत्र समेत सार्वजनिक गरेको छ ।

महासंघले मंसीर २८ गतेका लागि तोकेका निर्वाचनसमेत यही अवस्थामा वैज्ञानिक, वैधानिक र व्यवहारिक नहुने प्रेस चौतारी मकवानपुरको ठहर छ ।
फर्जी

पत्रकारलाई महासंघको सदस्यता दिन नहुने जीकिर गर्दै प्रेस चौतारी मकवानपुरले फर्जी पत्रकार रहेसम्म महासंघको निर्वाचन समेत हुन नसक्ने जनाएको छ ।

सदस्यता प्रदान गरिएका फर्जी पत्रकारको सदस्यता खारेज हुनुपर्ने, सदस्य हुनबाट बञ्चित गरिएका सक्रिय पत्रकारहरुलाई तुरुन्त सदस्यता नदिएसम्म महासंघको निर्वाचन हुन नसक्ने प्रेस चौतारीले स्पष्ट पारेको छ ।

यता नेपाल पत्रकार महासंघले भने मंगलबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ

केहीदिन अघि मात्रै प्रेस युनियनले लगाएको ताला खोलिएको थियो ।

यस्तो छ ध्यानाकर्षण पत्र

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*