सुनको भाउ एक सय रुपैयाँले बढ्यो

नवयुग संवाददाता
२०८१, १९ मंसिर बुधबार १२:१७

Advertisement

काठमाडौं । आज सुनको भाउ एक सय रुपैयाँले बढेको छ । सुनकाे भाउ एक सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ५० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ५० हजार तीन सय रुपैयाँ रहेको थियो ।

Advertisement

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी २० रुपैयाँले बढेर ताेलाकाे एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*