मकवानपुरको बकैयामा यात्रुबाहक बस र्दुघटना हुँदा २२ जना घाईते
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना घाईते भका छन् ।
हेटौंडा सिन्धुली सडकखण्ड अन्तरगत बुधबार बिहान १०ः ४५ बजेको समयमा बकैया गाउँपालिका–५ तिनतले स्थित हेटौंडाबाट छतिवनतर्फ जाँदै गरेको बा ५ ख ६६५४ नम्बरको बस आफै अनियन्त्रित भई सडकदेखि अन्दाजि ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाईतेहरुलाई स्थानीय र प्रहरीको मदतमा उद्धार गरी उपचारको लागि हेटौंडा सहकारी अस्पतालमा ल्याइएको छ ।
बस चालक हेटौंडा–१२ पदमपोखरी बस्ने ४५ वर्षीय टिकाराम लामालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक लामाको अनुसार बसमा ३७ जना सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।
घाईतेहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।