मकवानपुरमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

नवयुग संवाददाता
२०८१, २१ मंसिर शुक्रबार १२:०२

Advertisement

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–५, झाक्रीडाँडामा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार (आज) शुक्रबार बिहान ८ बजेर १५ मिनेटको समयमा निर्माणाधिन काठमाडौं–तराईरमधेश द्रुतमार्गमा (फास्ट ट्रयाक सडकखण्ड) मा हात्तिसुडेबाट फास्ट ट्रयाकको बाटोका लागि ग्रावेल लोड लिई जाँदै गरेको ना ८ ख २४३० नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।

Advertisement

दुर्घटनामा परेर ट्रिपर चालक चितवनका ४२ वर्षीय सानु लो तामाङको मृत्यु भएको छ । ट्रिपरमा च्यापिएर घटनास्थलमै तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*