हेटौंडामा शौचालयमा लडेर बालिकाको मृत्यु

नवयुग संवाददाता
२०८१, २२ मंसिर शनिबार १२:४६

Advertisement

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सिंचाइटोलमा शौचालयमा लडेर एक जनाको मृत्यु भएको छ ।

Advertisement

सिंचाइटोलमा डेरा गरी बस्ने जिल्ला महोत्तरी एकडाँडा गाउँपालिका–३ अजमरपटी घर भएको रामजी मण्डलको छोरी ५ वर्षकी सिरिशा कुमारी मण्डलको शौचालय जाने क्रममा लडेर टाउकोको भित्रि भागमा चोट लागि मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

Advertisement

गम्भिर घाईते भएकि उनलाई उपचारको लागि हेटौडा अस्पताल लगिएकोमा गएराति मृत्यु भएको हो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*