एनपीएलः जनकपुरको रोमाञ्चक जित

नवयुग संवाददाता
२०८१, २३ मंसिर आईतवार १४:२८

Advertisement

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले रोमाञ्चक जित हासिल गरेको छ। लुम्बिनी लायन्सलाई एक रनले पराजित गर्दै जनकपुरले एनपीएलमा लगातार चौथो जित निकाल्यो।

Advertisement

जनकपुर बोल्ट्सले दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो। लुम्बिनीका लागि कप्तान रोहित पौडलले सर्वाधिक रन बनाए। उनले ३८ बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए। यस्तै टम मुर्सले ३१, अर्जुन साउदले २० तथा सन्दीप जोराले ८ बलमा १६ रन बनाए बनाए।

Advertisement

जनकपुरका लागि हर्ष ठाकेर एक्लैले पाँच विकेट लिए। यस्तै ललित राजवंशी, किशोर महतो र शेर मल्लले समान एक एक विकेट लिए।

Advertisement

त्रिवि मैदान कीतिपुरमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो।

जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक रन बनाए। उनले ३९ बलमा एक चौका र ४ छक्का प्रहार गर्दै ४५ रन बनाए। यस्तै लाहिरु मिलान्थाले २४, आसिफ शेखले १६ रन बनाउँदा शुभ कंसाकारले २२ रन बनाए।

लुम्बिनीका अभिशेष गौतमले ३ विकेट लिए भने कप्तान रोहित पौडेल र साद बिन जाफरले समान दुई दुई तथा सन्दीप जोराले एक विकेट लिए।

जारी एनपीएलमा लुम्बिनी लगातार चार खेलमा पराजित भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*