अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौंमा

नवयुग संवाददाता
२०८१, २३ मंसिर आईतवार १४:३१

Advertisement

काठमाडौं । तीन दिने भ्रमणको लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुग्नुभएको छ । उहाँ दिउँसो साढे १२ बजे काठमाण्डौ ओर्लिनुभएको हो । लू दक्षिण तथा मध्य एसियाली मामिलाका सहायक विदेशमन्त्री हुनुहुन्छ ।

Advertisement

भारत र श्रीलङ्काको भ्रमणपछि उहाँ नेपाल आउनुभएको हो । दक्षिण एशियाभरि आफ्नो कूटनीतिक भ्रमणमा रहनुभएका लू नेपालका वरिष्ठ नेताहरू र नागरिक समाजसँग साक्षात्कार गर्न काठमाण्डौमा आएको अमेरिकी दूतावासले जनाएको छ । उहाँको  भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई सुदृढ पार्ने दूतावासको भनाइ छ ।

Advertisement

अमेरिकाले वातावरण संरक्षण, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण र दिगो विकासका प्रमुख क्षेत्रमा सहयोग बढाउने प्रतिबद्धतालाई जोड दिएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*