नेपाली पहिचान जीवन्त बनाउन भाषा र सँस्कृति जरुरीः मन्त्री लामिछाने

नवयुग संवाददाता
२०८१, २३ मंसिर आईतवार १६:०२

Advertisement

मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले भाषा र संस्कृति पहिचानको आधार स्तम्भ भएको बताएका छन् ।

Advertisement

मन्त्री लामिछानेले नेपाली पहिचान जीवन्त बनाउन भाषा र संस्कृति जरुरी भएको बताए ।

Advertisement

सार्वजनिक सेवा प्रशारण, रेडियो नेपालको आयोजनामा आइतबार हेटौंडामा भएको राष्ट्रभाषाको समाचार तथा कार्यक्रम प्रशारणको सवाल र प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रदेश सरकारले प्रदेशभित्रका जनताले बोल्ने बहुसंख्यक भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था गरेको उल्लेख गरे ।

Advertisement

नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रभावकारी कार्यान्वयन गर्न नियमावली बन्ने क्रममा रहेको उनको भनाई छ ।

मन्त्री लामिछानेले आम सञ्चार माध्यम मार्फत भाषाको प्रवद्र्धन र संरक्षण गर्न सम्बिन्धत मन्त्रालय र सरोकारवाला निकायहरु प्रतिबद्ध रहेको समेत बताए ।

मन्त्री लामिछानले मातृभाषामा निर्माण हुने चलचित्रलाई प्रदेश सरकारले विशेष प्राथमिकता दिने बताए । बागमती प्रदेशसभाको आगामी हिउँदे अधिवेशनमा चलचित्र सम्बन्धी विधेयक प्रस्तुत गर्ने समेत उनले जानकारी दिए ।

मातृभाषालाई प्रवद्र्धन गर्ने नीति सरकारले लिएपनि हालसम्म मातृभाषामा वृत्तचित्र, लुघ चलचित्र बनाउने प्रस्ताव प्राप्त नभएको उनको भनाई छ ।

यसैगरी कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले भाषा र समाजको एजेण्डालाई आफुहरुले संगसंगै अगाडि बढाएको बताए ।

डिजिटल प्लेटफर्महरु प्रयोग गरेर देशभित्र र बाहिर रहेको सबै श्रोताहरुलाई समेट्ने प्रयास भइरहेको उनको भनाई छ ।

कार्यकारी निर्देशक लामाले प्रदेशको संस्कृति, पर्यटन, भाषालाई सम्बद्र्धन गर्न हेटौंडामा रेडियोको प्रादेशिक कार्यालय स्थापना गर्ने चरणमा रहेको बताए ।

कार्यक्रममा रेडियो नेपालका निर्देशक पुस्कर राज गौतमले रेडियो कार्यक्रममा समावेशिता र रेडियो नेपालका कार्यक्रमहरु बारे प्रस्तुतिकरण दिएका थियो ।

कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरु, सरोकारवाला निकायका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*