बिरामी बोकेको गाडी दुर्घटनामा परी वुटवलमा ३ को मृत्यु

नवयुग संवाददाता
२०८१, २९ मंसिर शनिबार १३:००

Advertisement

बुटवल । बुटवलको तिनाउ पुल नजिकै बलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

Advertisement

पूर्वपश्चिम राजमार्गस्थित बुटवलको तिनाउ नदि पुलमा गएराति बुटवल उपचारका लागि बिरामी बोकेर आउँदै गरेको लु २ च २४८० नम्बरको बलेरो जिप दुर्घटना हुँदा जिपमा सवार तीन जनाको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनामा परी मृत्यु हुनेहरूमा बुटवल उपमहानगरपालिका–१२ नयाँ गाउँका ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो  ।

Advertisement

गौरीलाई एक्कासि दम बढे पछि उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लैजाने क्रममा जिप पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*