आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन शुरू

नवयुग संवाददाता
२०८१, १६ पुष मंगलवार १२:१५

Advertisement

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आजदेखि शुरू हुँदैछ । प्रदेशसभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश भएकाे थियाे ।

Advertisement

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभाको बैठक आज दिउँसो २ बजेदेखि बस्ने जानकारी दिनुभयो । उहाँका अनुसार सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने र दलको तर्फबाट शुभकामना मन्तव्य राख्ने सम्भावित कार्यसूची छ ।

Advertisement

हिउँदे अधिवेशनले प्रदेश चलचित्र विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति प्रदान गर्ने जनाइएको छ । चौथो अधिवेशन गएकाे भदाै ३१ गते अन्त्य भएको थियो ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*