आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म एचपीभी खोप अभियान सञ्चालन गरिने

नवयुग संवाददाता
२०८१, १६ पुष मंगलवार १६:५९

Advertisement

काठमाडौं । नेपालमा दैनिक औसत ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको पाइएको छ ।

Advertisement

टेकुस्थित बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले पाठेघरको मुखको क्यान्सर तथा एचपीभी खोप सम्बन्धी संचारकर्मीसँगको अभिमुखीकरण कार्यक्रममा बोल्दै उक्त जानकारी दिएका हुन्। स्वास्थ्य पत्रकार मञ्च नेपाल र राष्ट्रिय स्वास्थ्य,शिक्षा ,सुचना तथा सञ्चार केन्द्रको संयुक्त आयोजना उक्त कार्यक्रम भएको हो।

Advertisement

सरकारले आगामी माघ २२ गतेदेखि फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर रोकथामका लागि किशोरी लक्षित एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको समेत उनले दिएका थिए।

Advertisement

करिब १६ लाख किशोरीहरुलाई खोप दिने सरकारको लक्ष्य रहेको छ। १९ हजार विद्यालय र ८ हजार स्वास्थ्य संस्थामा अभियान सञ्चालन गरिने उनले जानकारी दिए।

सरकारले १० देखी १४ वर्षसम्मका किशोरीहरुलाई दिन लागेको सिकोलिनु नामक उक्त खोपले नेपालमा बढी मात्रामा देखिएको पाठेघरको मुखको क्यान्सरका १६ देखी १८ प्रजातीलाई रोकथाम गर्न सक्ने डा गौतमले बताए ।

विश्वमा हरेक वर्ष ५ लाख ७० लाख महिलाहरुलाई पाठेघरको क्यान्सर हुने तथा उक्त संख्या सन् २०३० सम्ममा उक्त संख्या ७ लाख पुग्ने अनुमान गरिएको छ। तथ्यांक अनुसार तीमध्ये ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ।

सरकारले पाठेघरको मुखको क्यान्सरलाई प्राथमिक रुपमा रोकथाम गर्न उक्त एचपीभी खोप अभियानका रुपमा सञ्चालन गर्न लागेको हो। राष्ट्रिय खोप सल्लाहकार समितीको २०८१ असोज २३ को सिफारिस तथा स्वास्थ्य मन्त्रालयको २०८१ कात्तिक ८ गतेको निर्णयअनुसार खोप दिन लागिएको हो।

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेक कुमार लालले खोप ल्याउनमा सरकारले पैसा तथा गुणस्तर दुवैमा सम्झौता नगरेको जानकारी दिए। अनुसन्धान अनुसार एक डोज एचपीभी खोप पर्याप्त भएको पुष्टि भएसँगै नेपालमा पनि एक डोज मात्रै दिन लागिएको उनले बताए। हाल एचपीभी खोप संसारका १४४ वटा मुलुकमा नियमित खोप कार्यक्रममा नै समावेश भइसकेको जानकारी दिदैं उनले नेपाल सरकारले पनि आगामी वर्षदेखि नियमित खोप कार्यक्रममा नै समावेश गर्ने विश्वास समेत व्यक्त गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*