सर्लाहीमा बसले थिचेर ड्युटीमा रहेका प्रहरी निरीक्षक तुलाधरको ज्यान गयो

नवयुग संवाददाता
२०८१, १७ पुष बुधबार ११:४४

Advertisement

काठमाडौं । सर्लाहीमा बसले थिचेर ड्युटीमा रहेका एक प्रहरी निरीक्षकको ज्यान गएको छ । बलरा नगरपालिका–९ छतौना बोर्डर आउट पोष्ट (बीओपी) मा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरमाथि गएराति बाग्मती प्रदेश ०१–००६ ख २००४ नम्बरको बस बजारिँएको थियो ।

Advertisement

घाइते भएका तुलाधरको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट बस चालकसहित तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*