अर्घाखाँचीमा १२ वर्षीया बालिकाको बिहे गराएको आरोपमा दुई जना पक्राउ

नवयुग संवाददाता
२०८१, १७ पुष बुधबार ११:४७

Advertisement

अर्घाखाँची – अर्घाखाँचीमा १२ वर्षीया बालिकाको विवाह गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

Advertisement

ललाइफकाइ विवाह गराएको अभियोगमा भूमिकास्थान नगरपालिका–९ की सकुन्तला सारु र विवाह गर्ने सन्धिखर्क नगरपालिका–८ का मुमाराम बि.क. लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।

Advertisement

सकुन्तलाले काम लगाइ दिने भन्दै १२ वर्षीया बालिकालाई घरमा बोलाएर मुमारामको जिम्मा लगाएको र त्यसपछी मुमारामले बालिकालाई सिन्दुर लगाएर घरमा भित्राएको भन्दै बालिकाको कान्छाे बुबाले उजुरी दिनुभएको थियो ।

Advertisement

बालविवाहसम्बन्धी जाहेरी परेपछी मुमारामलाई पक्राउ गरिएको र अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*