बझाङमा फेरि जीप दुर्घटना, चालकको ज्यान गयो

नवयुग संवाददाता
२०८१, १९ पुष शुक्रबार ११:२३

Advertisement

बझाङ – बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा जीप चालक मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।

Advertisement

गएराति भातेखोलाबाट रनाडा जाने क्रममा सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जीप मष्टा गाउँपालिका–१ कोटदेवलमा दुर्घटना भएको हो । जीपमा चालक थापा मात्र रहेका प्रहरीले जनाएको छ ।

Advertisement

गएराति नै तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ गइरहेको जीप धमेना नजिक दुर्घटना हुँदा चार जनाको ज्यान गएको थियो ।

दुर्घटनामा जीप चालक केदारस्युँ गाउँपालिका–१, रायलका शम्शेर मल्ल, तलकोट गाउँपालिका–४ का बमबहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जोगेनी देवीको घटनास्थलमै  र उहाँकी पाँच वर्षीया छोरी आकृतिको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*