सप्तरीमा ‘मर्निङ वाक’ मा निस्केका एक जनाको गाडीको ठक्करबाट ज्यान गयो

नवयुग संवाददाता
२०८१, १९ पुष शुक्रबार १२:४८

Advertisement

सप्तरी – सप्तरीमा मर्निङ वाकमा निस्केका रामबहादुर नेपालीको गाडीको ठक्करबाट ज्यान गएको छ ।

Advertisement

सुरुङ्गा नगरपालिका वडा नम्बर ३ काे कदमाहा–गाईघाट सडक खण्डमा नम्बर नखुलेको गाडीको ठक्करबाट स्थानीयवासी ६० वर्षीय नेपालीको ज्यान गएको हो ।

Advertisement

आज बिहान ४ बजे मर्निङ वाकमा निस्केका नेपालीलाई गाडीले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । ठक्कर दिने गाडीको खोजी भइरहेको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*