सर्लाहीमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहकाे आक्रमण

नवयुग संवाददाता
२०८१, २१ पुष आईतवार १४:१७

Advertisement

सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका–५ बैजनाथ चोकमा ड्युटीमा खटिएका प्रहरी टोलीमाथि वडाध्यक्षको समूहले आक्रमण गरेको छ । गएराति गाडी जाँच गर्ने क्रममा वडा नम्बर ५ का अध्यक्ष शिवनन्दन यादवसहितका युवाले प्रहरीमाथि आक्रमण गरेका हुन् ।

Advertisement

झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ । राति ९ बजेतिर बैजनाथ चोकमा इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका प्रहरी निरीक्षक उज्ज्वल कार्कीको कमान्डमा जाँच भइरहेका बेला रामनगर गाउँपालिका–५ का वडाध्यक्ष शिवनन्दन यादवसहितको युवाले प्रहरीमाथि आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

आक्रमणबाट ट्राफिक प्रहरी हवल्दार शैलेन्द्र राय गम्भीर घाइते हुनुभएको छ । उहाँको टाउकोमा गहिरो चोट लागेकाले जनकपुरको न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

Advertisement

घटनापछि त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन भइरहेको छ । आफूले प्रहरीमाथि आक्रमण नगरेको र गाउँका युवाले आक्रमण गर्न थालेपछि छुट्याउन मात्र त्यस ठाउँमा पुगेको वडाध्यक्ष यादवको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*