खैरो हिरोईनसहित हेटौंडामा एकजना पक्राउ
मकवानपुर । हेटौंडामा लागुऔषध खैरो हिरोईनसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१० स्थायी ठेगाना भई हाल हेटौंडा–१० न्युरेनी बस्ने २९ वर्षीय विवेक वाईबा रहेका छन् ।
उनको साथबाट ३ ग्राम ९ सय १० मिलिग्राम खैरो हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
गएराति बेलुकि ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलिले बाटोमा हिडिँरहेका वाईवालाई शंका लागि रोकेर चेकजाँच गर्दा उक्त लागुऔषध फेला पारेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।