५ महिनामा नेपाल प्रहरीद्वारा २ अर्ब २४ करोड बढी राजस्व संकलन

नवयुग संवाददाता
२०८१, २२ पुष सोमबार ११:२४

Advertisement

काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को ५ महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट २ अर्ब २४ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

Advertisement

विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ। नेपाल प्रहरीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व संकलन गरिएको हो।

Advertisement

प्रहरीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व संकलन भएको जानकारी दिएको छ। ट्राफिक जरिबानाबाट ५२ करोड सात लाख रुपैयाँ, अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख र अवैध मुद्रा बरामद गरी चार करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

Advertisement

त्यसैगरी स्रोत नखुलेको दुई करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट एक करोड ८३ लाख, अवैध काठ बरामदबाट एक करोड २० लाख रुपैयाँ राजस्व संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

साउनदेखि मंसिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट एक करोड १६ लाख र अवैध नदीजन्य उत्खननबाट ९२ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*