हेटौंडा-१० र ११ नं वडामा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सन्चालन

नवयुग संवाददाता
२०८१, २२ पुष सोमबार १४:५९

Advertisement

मकवानपुर । टोल विकास संस्था नगर समन्वय समिती, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा-१० र ११ नं वडामा गठित टोल विकास संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

हेटौंडा उपमहानगरपालिका न्यायीक समितीको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement

नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, न्यायिक समितिका सदस्य सन्तुमाया पाख्रीन, टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ११ नं वडाका मेलमिलाप संयोजक सर्मिला अधिकारी, वडा समन्वय समितीका अध्यक्ष यज्ञ आचार्य लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, सरस्वती धिमाल, अधिवक्ता अप्सरा बस्नेतले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा १० र ११ नं वडाका ६५ जनाको सहभागीता रहेको थियो ।

कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितीका अध्यक्ष ध्रुबप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*