भएका कामको स्व: मूल्याङ्कन हुनु आवश्यक छ: प्रदेश प्रमुख देवकोटा

नवयुग संवाददाता
२०८१, २२ पुष सोमबार १९:४४

Advertisement

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिगत र चालु बर्षमा गरेका कामहरूको स्वमुल्याङ्कन हुनु आवश्यक रहेको बताउनु भएको छ ।

Advertisement

उपलब्धी बस्तुगतरूपमा मापन गर्न सकियो भने त्यो उच्चतम हुने बताउनुहुँदै आफूले सम्पादन गरेका कार्यहरू गर्व गर्न लायक होस भनेर लागिपर्न उहाँले प्रेरित गर्नुभयो ।

Advertisement

सोमबार काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले आयोजना गरेको प्रगति समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

Advertisement

“सम्पूर्ण निकायका उपलब्धिमूलक कार्यहरूले काभ्रेली जनताको जीवनस्तर माथी उठ्नुपर्ने उहाँले बराउनु भयो ।”

“हामीले लक्ष्य हासिल गर्न थुप्रै चुनौतीका पहाड हरूको सामना गर्नुपर्ने हुन्छ, तर समस्याभन्दा समाधान नै ठुलो हुन्छ” उहाँले भन्नुभयो ।

भौगोलिक जटिलता र प्रकृतिजन्य प्रकोप र अन्य कुराहरूले  लक्ष्य हासिल गर्नमा समस्या खडा गरेको भएपनि आफ्नो प्रयास जारी राख्नुपर्ने उहाँले सल्लाह दिनुभयो ।

चालु बर्षको असोज महिनामा देशका अन्य भागजस्तै काभ्रेका थुप्रै ठाउँमा विपत्ति आइपरेको सन्दर्भलाई स्मरण गर्नुहुदै प्रमुख देवकोटाले भन्नुभयो “स्थानीय तहहरूको आफ्नै ब्यथा छ, बनेपा डुबान दीर्घकालीन समाधानको पर्खाइमा छ, कृषिबाट अपेक्षित प्रतिफल हासिल हुन नसकेको र वास्तविक किसान मर्कामा परेका थुप्रै गुनासाहरू छन्, धुलिखेललाई सुचना प्रबिधि हब ,स्वास्थ्य हब र पर्यटन हब बनाउन अझै दह्रो पाइलाको आवश्यक  छ ।”

सत्यता, कर्मशीलता अनि इमान्दारीताले सकारात्मक परिणामको अनुभुती  दिन सकिने भएकोले संघर्षरत रहन उहाँले प्रेरित गर्नुभयो  ।

संविधानको धारा २२० अनुसार गठन हुने जिल्ला समन्वय समितिले राज्यका तीनै तहसङ्ग समन्वयकारी भूमिका खेल्ने जिम्मेवारी दिएको उल्लेख गर्नुहुदै देवकोटाले विकास निर्माण अनुगमन, संयोजन, प्रकोप तथा विपत व्यवस्थापन समन्वय, सल्लाह, सुझाव, निर्देशनजस्ता अहम् भूमिका जिल्ला समन्वय समितिको रहेको बताउनु भयो ।

जिल्ला समन्वय समिती प्रमुख प्रमुख दिपक कुमार गौतमको नेतृत्वमा काभ्रे र काभ्रेली जनताको बृहत्तर हितका कार्यहरूले निरन्तरता पाउने अपेक्षा लिएको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*