एन्फा महिला लिगमा बागमती युथ र पुलिस क्लब खेल्दै

नवयुग संवाददाता
२०८१, २३ पुष मंगलवार १२:३८

Advertisement

काठमाडौं । एन्फा महिला लिग फुटबलको दोस्रो चरणमा आज बागमती युथ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा शुरू हुनेछ । दोस्रो चरणमा पुलिस तालिकाको दोस्रो स्थानमा छ भने बागमती चौथो स्थानमा छ ।

Advertisement

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भएको एन्फा महिला लिगको पहिलो चरणपछि पाँच वटा टोली दोस्रो चरणको सुपर फाइभमा पुगेका छन् । एन्फा महिला लिगमा १० वटा टोली सहभागी थिए ।

Advertisement

दोस्रो चरण आउँदो माघ १६ गतेसम्म चल्नेछ । दोस्रो चरणमा बागमती युथ, पुलिससहित, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र स्याङ्जाको वालिङ नगरपालिका पुगेका छन् ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*