हेटौंडा–४ र ५ नम्बर वडामा कानुनी शिक्षा अनुशिक्षण कार्यक्रम सन्चालन

नवयुग संवाददाता
२०८१, २३ पुष मंगलवार १३:२०

Advertisement

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ र ५ मा समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।

Advertisement

टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–४ र ५ नं वडामा गठित टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि १ दिने समुदाय स्तरिय कानुनी शिक्षा अनुशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

Advertisement

हेटौंडा उपमहानगरपालिका न्यायिक समितीको सहयोगमा १ दिने अनुशिक्षण कार्यक्रमको आयोजना गरेको हो ।

Advertisement

नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ५ नं वडा अध्यक्ष सुशील घिमिरे न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, ५ नं वडा सदस्यहरु रन्जिता सिलवाल र रामबहादुर राई, टोल विकास संस्था नगर समन्वय समितिका, उपाध्यक्ष शान्ति श्रेष्ठ, महासचिव शिबहरि दाहाल, उपमहासचिव देबकुमार श्रेष्ठ, सदस्यहरु सुरेश लामिछाने, ज्ञानेन्द्र देबकोटा, पदम बहादुर बजगाइ, उर्मिला राना, सुमित्रा पान्डे, सरस्वती दाहाल, मेलमिलाप केन्द्रका संयोजक यदुवंश खतिवडा, ४ नं वडा समन्वय समितीका अध्यक्ष राजेन्द्र बस्ताकोटी, ५ नं वडा समन्वय समितीका अध्यक्ष टीका बा.खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत सुजन तिमल्सिना, अधिवक्ता शिव बन्जारा र पार्बती बिकले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा हेटौंडा ४ र ५ नं वडाका ७० जनाको सहभागीता रहेको थियो । कार्यक्रम नगर भरीका सबै वडाहरूमा संचालन गरीने नगर समन्वय समितिका महासचिव शिबहरि दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*