उद्योगहरु ऐक्यबद्ध हुनु आजको आवश्यकता: मुख्यमन्त्री लामा

स्मिता अर्याल
२०८१, २४ पुष बुधबार १७:२०

Advertisement

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले उद्योग र उद्यमीहरु एक्यबद्ध भएर अघि बढ्नु आजको मुख्य आवश्यक्ता भएको बताएका छन् ।

Advertisement

उद्योग वाणिज्य संघ मकवानपुरको ५८ औं वार्षिक साधारणसभाको उद्धाटन समारोहमा बोल्दै प्रमुख अतिथि लामाले उद्योग बजार सम्वृद्धिको लागि सबै निकायहरु एकजुट हुनुपर्ने बताएका हुन् ।

Advertisement

शुभकामना मन्तव्य राख्दै मुख्यमन्त्री लामाले उद्योगभित्र पनि द्वन्द बढ्दै गएकाले समग्र उद्योगको विकासमा एकजुट हुन उनले अनुरोधसमेत गरेका छन् ।

Advertisement

उद्योगहरु फष्टाउन नसक्नुका कारण देशमा यूवा पलायन र बेरोजगारी बढेको उनले बताए ।

उनले भने ‘ औद्योगिक ऐन कानुन निमार्णका लागि यहाँको प्रमुख समस्या केलाउन आवश्यक छ । उद्योग स्थापना र विकासका लागि पर्याप्त लगानीको अभाव छ । लगानीका लागि प्रेरक वातावरण छैन ।’

छिमेकी मुलुक लगायत विश्वमै तीव्र गतिका साथ औद्योगिक विकासले एकपछि अर्को फड्को मारिरहेको तर नेपालमा औद्योगिक विकासले अपेक्षाकृत गति लिन नसकिरहेको उनले बताए ।

त्यस्तै देशमा औद्योगिक विकासको प्रर्याप्त सम्भावना हुँदा पनि उपयुक्त व्यवस्थापन क्षमताको अभावमा स्रोत, साधन र सम्भावनाहरुको उचित दोहन गर्न नसक्दा उद्योग उत्पादन घट्नुका साथै बन्द हुने अवस्थामा पुगेको उनको भनाई थियो ।

मकवानपुर उद्योग वाणिज्य संघको आजदेखि सुरु भएको साधारणसभा तथा अधिवेशन २७ पुससम्म हुनेछ ।

साधारणसभाले तीन वर्षीय कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल र वर्तमान उपाध्यक्ष प्रमोद सिंह रानाभाट प्यानल बनाएर चुनावी मैदानमा उत्रिँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*