राक्सिराङ्ग गाउँपालिकाको १७ औं अधिवेशन सम्पन्न
मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको १७ औं हिउँदे अधिवेशन सम्पन्न भएको छ ।
विहिबार एक कार्यक्रमका बिच बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामाले राक्सिराङ्गको चैनपुरमा आयोजित अधिवेशनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बहादुर सिंह लामाले चेपाङ समुदायको बाहुल्यता रहेको राक्सिकराङ्गमा उनिहरुको संरक्षणमा सरकारले विशेष पहल गर्ने बताएका छन् ।
`चेपाङ जातिको विकास,प्रबर्द्धनका लागि प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गर्नेछ ।´ उनले भने ।
`यहाँको सडक र पक्की पुल निर्माणमा सरकारले बजेट व्यवस्थापन र सहजिकरण गर्नेछ । राझधानी सङ्ग जोडिएको यस पालिकामा विकास अवरोध हुनु ध्यानाकर्षणको विषय हो´। यसअघि उनले भने ।
उनले राक्सिराङ्ग गाउँपालिकालाई कृषिमा आत्मनिर्भर क्षेत्र घोषणा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
राक्सिराङ्गमा उत्पादन हुने गाजाले वैधानिकता पाउनुपर्ने धारणा मुख्यमन्त्री लामाले व्यक्त गरेका छन् ।
साथै गाँजा उत्पादन त्यहाँको बाध्यता भएको उनको भनाई थियो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि मकवानपुर क्षेत्र नम्बर- २ संघीय सांसद महेश कुमार बर्तौलाले राजनितिक मतभेदलाई विकासमा नमिसाउन आग्रह गरे ।
संघीय,प्रदेश र स्थानीय सरकारबिच समन्वय हुनु आवश्यक रहेको उनको धारणा थियो ।
संघीय सरकारको बजेट निर्माण प्रक्रियामा राक्सिराङ्ग गाउँपालिकाका योजनाहरु समावेश गर्न पहल गर्ने उनको प्रतिबद्धता थियो ।
`मनहरी बाट खैराङ हुँदै मलेखु जोड्ने बाटो निर्माणलाई प्रदेश सरकारले विशेष पहल गरोस भन्ने मेरो अपेक्षा छ । यसअघिको सरकारले गरेको प्रतिबद्धता कुरामा मात्र सिमित भयो´ सांसद बर्तौलाले भने ।