इन्टरनेशनल लिग टी–२० खेल्न दीपेन्द्र र कुशल यूएई प्रस्थान

नवयुग संवाददाता
२०८१, २६ पुष शुक्रबार १२:५५

Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल इन्टरनेशनल लिग (आईएल) टी–२० क्रिकेट खेल्न यूएई प्रस्थान गरेका छन् । दीपेन्द्र र कुशल आज बिहान यूएई प्रस्थान गरेका हुन् ।

Advertisement

आईएल टी–२० मा दीपेन्द गल्फ जायन्ट्समा र कुशल डेजर्ट भाइपर्समा अनुबन्ध भएका छन् । दीपेन्द्र गएको संस्करणमा पनि यस लिगमा अनुबन्ध भएका थिए । कुशलले भने पहिलो पटक यो लिग खेल्न लागेका हुन् । दीपेन्द्र आबद्ध गल्फ जायन्ट्सले पहिलो खेलमा आइतवार शारजाह वारियर्ससँग खेल्दैछ ।

Advertisement

यस्तै कुशल आबद्ध डेजर्ट भाइपर्सले पहिलो खेलमा आइतवार नै आबुधाबी नाइट राइडर्ससँग खेल्दैछ । इन्टरनेशनल लिग टी–२० क्रिकेट भोलिदेखि शुरू हुँदैछ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*