१९ वर्षमुनिको महिला टी–२० विश्वकप खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

नवयुग संवाददाता
२०८१, २६ पुष शुक्रबार १३:५२

Advertisement

काठमाडौं । १९ वर्षमुनिको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज काठमाण्डौमा एक कार्यक्रमका बीच टोलीलाई बिदाइ गरेको हो ।

Advertisement

टोलीलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, क्यानका सचिव पारस खड्कालगायतका प्रतिनिधिले बिदाइ गरेका हुन् । १९ वर्षमुनिको महिला टोली भोलि दिउँसो मलेसिया प्रस्थान गर्नेछ ।

Advertisement

१९ वर्षमुनिको महिला टी–२० विश्वकप आउँदो जनावरी १८ देखि फेब्रुअरी २ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई चार वटा समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ‘डी’ मा अस्ट्रेलिया, बङ्गलादेश र स्कटल्यान्ड पनि छन् ।

Advertisement

नेपालले पहिलो खेलमा जनवरी १८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा जनवरी २० मा स्कटल्यान्डसँग र तेस्रो खेलमा जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*