लागुऔषधसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ

स्मिता अर्याल
२०८१, २८ पुष आईतवार ११:१४

Advertisement

मकवानपुर । मकवानपुरमा लागुऔषध चरेश र अफिमसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

Advertisement

गएराति २ः०० बजेको समयमा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलिले २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४ सय ७० ग्राम अफिमसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

Advertisement

पक्राउ पर्नेमा भारतको हरियाणा बस्ने २५ वर्षीय कुनाल गोथ्वाल र सोहि स्थान बस्ने २० वर्षीय मनिष कुमार रहेका छन् ।

Advertisement

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–११ टिस्टुङ नौखण्डेस्थित त्रिभुवन राजपथ सडकखण्डबाट हेटौंडा हुँदै भारततर्फ लागुऔषध ओसारप्रसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा DL8CZ1224 नम्बरको कारलाई रोकि चेकजाँच गर्ने क्रममा लुकाईछिपाई ल्याइएको उक्त लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विश्वराज खड्काले जानकारी दिए ।

त्यस्तै मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

आईतबार बिहान ५ः३० बजेको समयमा प्रहरी चौकि रातोमाटेबाट खटिएको टोलिले हेटौंडा–१५ रातोमाटे चेकपोइन्ट स्थित सवारी चेकजाँचका क्रममा चितवनबाट विरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट DL13C1561 भएको कारमा लुकाईछिपाई ल्याइएको १०१ किलोग्राम गाँजा फेला पारेको हो ।

कार चालक पर्साको बिरगंज महानगरपालिका वडा नम्बर–२६ अठराह सुगौली बस्ने बर्ष २० को राजन रारुत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्षमा लागऔषधसहित १ सय १ जना मानिसलाई नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*