रवि लामिछानेको थुनछेक बहस सकिएन, प्रहरीको जिम्मा लगाइयाे

नवयुग संवाददाता
२०८१, २८ पुष आईतवार १७:१०

Advertisement

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

Advertisement

काठमाडौंकाे स्वर्णलक्ष्मी सहकारी ठगीको कसूरमा जिल्ला अदालतमा उपस्थित भएका लामिछानेको मुद्दामा आज थुनछेक बहस नसकिएकाले जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले न्यायिक हिरासत अर्थात् प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

Advertisement

आज बिहानै अदालतमा उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन गर्न नभ्याएकाले आज बहस गर्न नसक्ने बताएपछि इजलासले रविलाई परिवारको साटो प्रहरीको जिम्मा लगाएको हो । प्रहरीले लामिछानेलाई भाेलि अदालतमा उपस्थित गराउनेछ ।

Advertisement

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा गएको बिहीवार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने अस्ति शुक्रवार काठमाण्डौ आएर आज जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारी, चितवनमा सहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगीको आरोप छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*