मकवानपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षिया बालिकाको मृत्यु
मकवानपुर । मकवानपुरमा स्कुल बसले ठक्कर दिदा दुई वर्षिया बालिकाको मृत्यु भएको छ ।
आइतबार मकवानपुरको मनहरी-६ नयाँ बस्तीको भित्री सडकखण्डमा स्कुल बसको ठक्करबाट गम्भीर घाइते भएकि खडक बहादुर थिङको छोरी पुजा थिङ्गको उपचारको क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मनहरी भिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नम्बरको बसको ठक्करले गम्भीर भएकी उनलाई उपचार को लागि दिउँसो ३ बजेको समयमा हेटौंडा अस्पताल पुर्याइएको थियो ।
मनहरीको नयाँबस्ती बस्ने पुजालाई उपचारका क्रममा दिउँसो ५:१० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बस चालक मनहरी-७ बिजौना बस्ने चन्द्र बहादुर तामाङ ईलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।