विश्वकप क्रिकेट : उपाधिका लागि इंग्ल्याण्ड र न्युजिल्याण्ड भिड्दै

नवयुग संवाददाता
२०७६, २९ असार आईतवार ०९:४५

Advertisement

आईसीसी एकदिवशीय विश्वकप क्रिकेटको उपाधिका लागि आज आयोजक इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।

Advertisement

खेल लण्डनको लर्ड्समा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ । २७ वर्षपछि विश्वकपको फाइनलमा पुगेको इंग्ल्याण्ड जारी विश्वकपमा सबैभन्दा चलायमान टिमको रुपमा देखिएको छ । फाइनलसम्म आउँदा उसको टिम प्रदर्शन र खेलाडीको लय उत्कृष्ट देखिन्छ । घरेलु मैदानमा भइरहेको खेलका कारण इंग्ल्याण्डलाई दर्शकको पनि साथ रहनेछ ।

Advertisement

भारतलाई हराउँदै फाईनल प्रवेश गरेको न्युजिल्याण्डलाई कम आँक्नु घरेलु टोलीका लागि घातक हुन सक्छ । केन विलियम्स कप्तानीको टोलीले कुनैपनि समय खेलमा पुनरागमन गर्ने हैसियत राख्छ ।

Advertisement

न्युजिल्याण्डले फाईनलसम्मको यात्रा तय गरेपनि ओपनिङ जोडीले खासै ठुलो योगदान गरेको देखिदैन । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् । सोही कारण निर्णायक खेलमा दुवै खेलाडीले रन बनाउन आवश्यक देखिन्छ ।

यस्तो अवस्थमा केन विलियम्स र रास टेलरमा कम दबाब पर्नेछ । बलिङ र फिल्डिङमा न्युजिल्याण्डलाई कुनै समस्या छैन । फाईनल खेलमा मिसेल सेन्टनरको बलिङको समेत परिक्षा हुनेछ ।

माथिल्ला क्रमका ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्दा इंग्ल्याण्डको तल्लो क्रमको परीक्षण हुन पाएको छैन । इयान मोर्गन नेतृत्वको टिमलाई पहिलो पटक विश्वकपको उपाधि उचाल्ने अवसर भने प्राप्त छ, त्यो पनि घरेलु मैदानमै ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*