भोटिङका लागि आग्रह गर्दै हेटौंडाकी सन्ध्या

नवयुग संवाददाता
१८ श्रावण २०७६, शनिबार १५:४६

मकवानपुर । नेपाल टेलिभिजन मेगा डान्स रियालिटी शो रियो छमछमी सिजन ४ को उत्कृष्ट १२ मा मकवानपुरकी सन्ध्या आचार्य पर्न सफल भएकी छिन् । छनौट चरण देखि नै उत्कृष्ट नृत्य कला प्रस्तुत गर्दै आएकी आचार्यको अबको यात्रा भने भोटीङबाट सुरु हुने भएकोले उनले भोटिङका लागि सबैलाई आग्रह गरेकी छिन् ।

उनको नृत्यलाई मन पराउनेले उनलाई भोट गर्नुपर्ने हुन्छ र आज शनिबार राती साढे नौ बजेबाट भोटिङ खुल्ला हुनेछ । शनिबारदेखि उनलाई एस.एम.एसबाट भोट गर्न सकन्छि र उनलाई भोट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा गएर cc लेखी एक स्पेश छोडेर उनको भोटिङ कोड ०८ लेखि ३१००९ मा पठाउनुपर्ने हुन्छ ।

टप १२ बाट भोटिङको माध्यमबाट एक जना हट्दै टप ११ छानिने भएको छ । छमछमी सिजन ४ को उपाधि दाबेदारको रुपमा मकवानपुरबाट आचार्य एक मात्र दाबेदार हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*