आफ्नै छोरी बलात्कारको आरोपमा बाबु पक्राउ

नवयुग संवाददाता
२१ श्रावण २०७६, मंगलवार २०:५८

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाका ३७ वर्षीय आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ । बाह« वर्षीया छोरीलाई शुक्रबार राति ३७ वर्षीय बाबुले बलात्कार गरेको आरोपमा हाडनाता करणीमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मदिराले मातेका आरोपितले यही साउन १७ गते बिहानको २ः०० बजे बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा पीडितकी आमाले यही साउन १९ गते उजुरी दिएपछि प्रहरीले आरोपितलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*